
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु सन्दिप दाहालको नाममा रहेको १ लाख ६७ हजार ६४ कित्ता र चक्रधरी दाहालको नाममा रहेको १ लाख २० हजार ५०३ कित्ता सेयर गरेर कुल २ लाख ८७ हजार ५३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।
सेयर खरिद गर्न चाहनेले जेठ १० गते बिहीबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij