Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाको सात वटा घर

एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाको सात वटा घर

  • काठमाडौं । एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाले सम्पत्ति विवरणमा सात वटा घर देखाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सार्वजनिक विवरणमा सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पाको ठूली भेरी नगरपालिका वडा नम्बर ३ मा ४ वटा घर उल्लेख छ। करिब पाँच रोपनी क्षेत्रमा उक्त घरहरू रहेको उनले बताएका छन् । यो सम्पत्ति पैतृक भएको बुढाले उल्लेख गरेका छन् । यी घर–घडेरी उनको र श्रीमती हिमालीको नाममा रहेको छ ।

    त्यस्तै श्रीमतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा सात तले घर रहेको छ । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमै तीन तले दुईवटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यो सम्पत्ति व्यापार व्यवसायबाट आर्जन गरेको उनले खुलाएका छन्।

    श्रीमती हिमाली बुढाकै नाममा काठमाडौंको महानगरपालिका वडा नम्बर ६ बौद्धमा ७ आना जग्गा रहेको छ । यो सम्पत्ति पनि उनले पैतृक र व्यापार व्यवसायबाटै आर्जन गरेको उल्लेख गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij