
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको नामै उल्लेख गरेर छानबिन समिति बनाउँदा कुनै आपत्ति नहुने जनाएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा सत्तापक्ष उत्रिइरहँदा कांग्रेसले यस्तो उल्लेख गरेको हो ।
प्रतिनिधि सभा बैठकमा मंगलबार कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले गृहमन्त्री लामिछानेले आइतबारको बैठकमा उपसभापति गुरुङ र महामन्त्री थापामाथि गम्भीर लाञ्छना लगाएको भन्दै नामै किटेर छानबिन समिति बनाउन सरकारलाई चुनौती दिएका हुन् ।
‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाल्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु ।
के कस्तो खालको टीओआर बनाउनु पर्ने हो बनाउनुस्,’ उनले भने, ‘हाम्रा उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् ।’
‘
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij