
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
कांग्रेसका सांसदहरूले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij