Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक जेठ १ गतेका लागि सारिएको हो ।

    images
    images
    images

    नेताहरु पदाधिकारी बैठकमा व्यस्त रहेकाले आजको बैठक भोलिका लागि सारिएको सभापति शेरवहादुर देउवाको सचिवालयले जनाएको छ । पदाधिकारी बैठक सभापति निवास बुढानिलकण्ठमा जारी छ ।

    आज स्थगित भएको बैठक भोलि बिहान बस्ने सांसद रामहरि खतिवडाले बताए । उनका अनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij