
May 03 2025 | २०८२, वैशाख २० गते
कृष्ण न्यौपाने, दमौली । तनहुँको ब्यास नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३२ प्रतिशत योजना सम्पन्न गरेको छ ।
सो अवधिमा उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएका योजनामध्ये २८२ योजना सम्झौता भएको थियो । नगरपालिकाले चालू आर्थिक वर्षमा ८७० योजना उपभोक्ता समितिमार्फत् सञ्चालन गर्दैछ । कूल योजनामध्ये ६१ प्रतिशत योजनाको सम्झौता भइसकेको शहरी पूर्वाधार विकास उपशाखा प्रमुख डा राजु पौडेलले जानकारी दिनुभयो ।
ब्यास नगरपालिका–१ मा रहेको ६० योजनामध्ये ६८ प्रतिशत सम्झौता र ३६ प्रतिशत सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । यसैगरी नगरपालिकाका अनुसार, ब्यास नगरपालिका–२ का २७ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, वडा नं ३ का ४५ योजनामध्ये ५५ प्रतिशत सम्झौता र २६ प्रतिशत सम्पन्न, वडा नं। ४ का ३८ योजनामध्ये ६८ प्रतिशत सम्झौता र ४७ प्रतिशत सम्पन्न, वडा नं ५ का ६२ योजनामध्ये ५८ प्रतिशत सम्झौता र २२ प्रतिशत सम्पन्न, वडा नं ६ का ६८ योजनामध्ये ६२ प्रतिशत सम्झौता र २१ प्रतिशत सम्पन्न, वडा नं ७ का ६० योजनामध्ये ७६ प्रतिशत सम्झौता र ४० प्रतिशत सम्पन्न, वडा नं ८ का ८१ योजनामध्ये ५० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न तथा वडा नं ९ का ८८ योजनामध्ये ६१ प्रतिशत सम्झौता र ३१ प्रतिशत सम्पन्न भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij