Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

  • काठमाडौं । रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेको छ ।

    images
    images
    images

    ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी समेत कुटपिट गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-१३ बभनी बस्ने बाणगंगा नगरपालिका-१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

    ती बालिकालाई जबरजस्ती करणी तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो ।

    बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij