Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रास्वपा संसदीय दलको बैठक जारी

रास्वपा संसदीय दलको बैठक जारी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक पार्टीको संसदीय कार्यालय सिंहदरवारमा अहिले बिहान ८ बजेबाट जारी छ ।

    images
    images
    images

    पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आजको बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने छ ।

    बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनको भनाई छ ।

    त्यस्तै इलाम निर्वाचन क्षेत्र नं. २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको रास्वपाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij