
May 18 2025 | २०८२, जेठ ४ गते
ललितपुर । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैसेपाटीस्थित वाईवाई चाउचाउको कारखाना भैंसेपाटीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालका अनुसार फुड्स पार्कमा कार्यरत पुरुष र महिला कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्ति तोडफोड गरेका छन् ।
उनीहरूले सीजीका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको घटनापछि पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै संलग्नलाई कारवाहीका लागि सरकारसँग अनुरोध गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij