
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । बुधबार राति पोखराको एक बिजुली पसलको गोदाममा आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ ।
पोखरा १०, शान्तिपथस्थित सांग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको हो । आगालागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठी कमाण्डको टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको थियो ।
स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका थिए । आगलागीमा बिजुलीका सामान जलेर करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको मरासिनी परिवारले जनाएको छ ।
आगो के कति कारणले लाग्यो भन्ने खुलेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान छ ।
पोखरा र आसपास क्षेत्रका वनजंगलमा समेत दिनहुँजसो आगलागीका घटना हुने गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij