
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको हो ।
धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij