
May 13 2025 | २०८२, वैशाख ३० गते
भारतसँगको लडाइँमा एक स्क्वाड्रन लिडरसहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएका छन् ।
काठमाडौं । पाकिस्तानले भारतसँगको सैन्य झडपमा आफ्ना सेना र वायुसेनाका ११ सैनिक मारिएको बताएको छ ।
पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले यसबारे जानकारी दिएको हो ।
आईएसपीआरको विज्ञप्तिमा भनिएको छ, “भारतसँगको लडाइँमा एक स्क्वाड्रन लिडरसहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएका छन् ।”१० मा भएको भारतीय आक्रमणमा सबै कर्मचारी मारिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “मे ६-७ को राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घाइतेहरूमा १० महिला र २७ बालबालिका छन् ।”
झण्डै चार दिनको लडाइँपछि भारत र पाकिस्तानले अन्ततः शनिबार युद्धविरामको घोषणा गरेका छन् ।
यसअघि सोमबार केन्द्रीय औद्योगिक सुरक्षा बल (CISF) मुख्यालयले एक्समा ‘अपरेसन सिन्दुर’मा आठ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको जनाएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणमा मारिएका र घाइते भएकाहरूका परिवारका लागि राहत प्याकेजको घोषणा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij