Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बझाङमा कांग्रेसले फेरि बढायो अग्रता

बझाङमा कांग्रेसले फेरि बढायो अग्रता

  • काठमाडौं । बझाङको जारी मतगणनामा नेपाली कांग्रेसले नेकपा एमालेसँगको मतान्तर फेरि बढाएको छ । लगातार अग्रता लिइरहेको कांग्रेसँग एमालेले यसअघि केही मतान्तर घटाएकोमा कांग्रेसले पछिल्लो परिणामअनुसार मतान्तर बढाएको हो ।

    यसअघि बझाङमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी कांग्रेसका अभिषेकबहादुर सिंहभन्दा ८३ मतले पछि परेका थिए । त्यसअघि २ सयभन्दा बढी मतले पछि परेकोमा भण्डारीले मतान्तर घटाएका थिए ।

    images
    images
    images

    पछिल्लो परिणामअनुसार कांग्रेसका सिंहले एमालेका भण्डारीसँगको मतान्तर बढाएर १२५ पुर्‍याएका छन् । सिंहले ९ हजार ४ सय ६८ मत ल्याएकामा भण्डारीले ९ हजार ३ सय ४३ मत पाएका छन् ।

    त्यस्तै तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५ सय ८७ मत ल्याएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३ सय ७३ मतका साथ तेस्रो स्थानमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij