Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सिन्धुलीमा बोलेरो दुर्घटना

सिन्धुलीमा बोलेरो दुर्घटना

  • काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बोलेरो सिन्धुलीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बीपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ मा बा.प्र.०१–०२७ च ६७४७ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा बोलेरोका चालक रामेछाप सुनापति गाउँपालिकाका प्रशान्त तिमल्सिना र सोही बोलेरोमा सवार भरतपुर महानगरपालिका-६ चितवनका अमृत श्रेष्ठ गम्भीर घाइते भएको सिन्धुलीका प्रहरी प्रवक्ता अनिल खड्काले जानकारी दिएका छन् ।

    images

    घाइतेमध्ये श्रेष्ठको अवस्थ गम्भीर रहेको छ । घाइते दुवैलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । गाडी सडकबाट अन्दाजी तीन सय फिट तल खरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij