Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

श्रम मन्त्रालयको जिम्मेवारी मन्त्री लुंगेलीले सम्हालिन्

श्रम मन्त्रालयको जिम्मेवारी मन्त्री लुंगेलीले सम्हालिन्

  • काठमाडौं । मधेस प्रदेशकी बिनाविभागीय मन्त्री बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रीको पदभार ग्रहण गरेकी छन् । नेकपा एकीकृत समाजवादीबाट बिनाविभागीय मन्त्रीको शपथ लिएकी उनले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा गत वैशाख ६ गते प्रदेश प्रमुखले उनलाई बिनाविभागीय मन्त्रीको शपथ गराएकी थिइन् । श्रममन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले तीन वटा निर्णय गरेको बताइन् ।

    प्रदेशको आठ वटै जिल्लाका कार्यालयहरूमध्ये कम्तीमा एउटा कार्यालयको आफ्नै जग्गा व्यवस्थापन गरी एउटा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने, सबै कार्यालयमा प्रतीक्षालय निर्माण गरी खानेपानीको व्यवस्था गर्ने र कार्यालयमा सेवाग्राहीलाई टोकनको व्यवस्था गरी एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह गर्ने निर्णय भएको मन्त्री लुंगेलीले बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij