Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान

नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान

  • काठमाडौं । यही वैशाख २६ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

    images
    images
    images

    महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

    images

    स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिए ।

    images

    आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij