
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । आज बिहान करिब ११ बजे सल्यानमा बस दुर्घटना भएको छ ।
घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका-२ ठिनबाङ खोला पुलमा अनियंत्रित भएर दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइतेहरुलाई भएका जिल्ला अस्पताल सल्यान लैजाने तयारी रहेको प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij