काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ, भिमसेन डाँडामा बस्ने दुबै मृगौला फेल भएका बिरामी ३५ बर्षिय सुरज तामाङ र उनका परिवारले उपचारका लागि तपाँईहरू संग आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।
दिन प्रतिदिन स्वास्थ्य अवस्था कमजोर हुँदै गएका सुरजलाई मृगौला प्रत्यारोपण गर्ने व्यबस्था नमिलेसम्म घरमै औषधी खाएर बस्न चिकित्सकले सुझाव दिएका छन् ।
छोरालाई बचाउन मृगौला दिनका लागि उनका आमा/बुवा तयार छन् । तर, आर्थिक अवस्था निकै कमजोर भएकोले सुरजको परिवार मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च कसरी जुटाउने भनेर चिन्तामा छन् ।
बिरामी सुरजको जीवनरक्षाको लागि आर्थिक सहयोग गर्न चाहानेहरुले बिरामीको सनराईज बैँकमा भएको खाता नम्बर ०३७१२१०२४९२०५००१ मा जम्मा गर्न सक्नु हुनेछ ।
थप जानकारीको लागि ९८४३-३२२६८१ / ९७६१-८१२९८३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।