
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।
बाँकी दुई जनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल पुर्याएर हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा. अखण्ड उपाध्यायले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij