Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घरघरबाट आरोपी च्यापच्याप्पै

घरघरबाट आरोपी च्यापच्याप्पै

  • काठमाडौं । दोहोरो नागरिकता र चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार आफ्नै घरबाट उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुस्कर राज पन्तका अनुसार दोहोरो नागरिकता मुद्दामा फरार रहेका रामसिंहदेवी सुनार र राम कुमार सुनार रहेका छन् । उनीहरुलाई २०६४ वैशाख ५ मा जिल्ला अदालत कञ्चनपुरले २/२ हजार जरिवाना तोकेको थियो ।

    जारी मुद्दामा २०५२ मा १ महिना कैद र १ हजार जरिवाना फैसला गरिएकी नन्दादेवी रोकाया, चोरी मुद्दामा ११ महिना कैद र १० हजार जरिवाना गरिएका निरज चन्द र २ महिना कैद र साढे ६ हजार जरिवाना गरिएका अमित बमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij