
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले शुक्रबारदेखि शुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज स्वीकृत गरेको छ ।
विहिबार बसेको सचिवालयको बैठकले ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।
त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफल हुने ज्ञवालीले जानकारी दिएका छन । ज्ञवालीले विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरु माथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij