काठमाडौं । शुक्रबारदेखि ललितपुरको हेरिटेज गार्डेनमा ११ औँ नेशनल ट्याटु सम्मेलन सुरु भएको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
सम्मेलनमा नेपालका साथै विदेशका ट्याटु आर्टिष्टको सहभागिता रहेको छ । सो अवसरमा ट्याटु आर्टिष्टहरुले विभिन्न प्रकारका ट्याटु खोपेर आफ्नो कला प्रदर्शन गरेका छन् ।