Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अमेरिकाका क्रिप्टोकिङ साम बैंकम्यान-फ्राइडलाई २५ वर्षको जेल सजाय

अमेरिकाका क्रिप्टोकिङ साम बैंकम्यान-फ्राइडलाई २५ वर्षको जेल सजाय

  • काठमाडौं । कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय तोकिएको छ ।

    images
    images
    images

    गत नोभेम्बर २ मा उनी ग्राहकको आठ अर्ब अमेरिकी डलर हिनामिना गरेको आरोपमा दोषी ठहर भएका थिए । म्यानहट्टन अदालतमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले उनलाई सजाय सुनाएका हुन् ।

    सन् २०२२ मा पतन भएको उनको एफटीएक्स कम्पनीबाट अमेरिकी इतिहासकै सबैभन्दा ठूलोमध्येको वित्तीय ठगी भएको भनिएको छ ।

    ३२ वर्षीय साम बैंकम्यान–फ्राइडले भने आपराधिक गल्ती स्वीकारेका छैनन् । उनले आफूमाथि तोकिएको सजायविरुद्ध पुनरावेदन गर्ने भनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij