
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । शुक्रबार बिहान सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर छ । मध्यपुर ठिमी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । स्रोतका अनुसार बस्यालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनी अचेत नै छन् । बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धी हुन् । अहिले प्रसारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा काम गरिरहेका छन् । कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धी २ जना पनि घाइते छन् ।
दुर्घटनामा परेका अन्य तीनजना भने खतरमुक्त छन् । दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमा छन् । मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गम्भीर घाइते सुशान्तका परिवारले भण्डारी र अधिकारीलाई कारवाहीको माग गरेका छन् ।
आइतबार बिहान ३ बजे उनीहरु नगरकोटबाट फर्किदै गर्दा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो । कारमा ६ जना सवार थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij