
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग अलग तीन कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।
चालिसे नेपाली साहित्यमा मूलत कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आउनु भएको छ । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उहाँका करीब ६ दर्जन कृति प्रकाशित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij