
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ ।
“काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अहिले वर्षा भइरहेको छ,” मौसमविद् गोविन्द झाले भने, “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहनेछ ।”
काठमाडौंसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको उनको भनाइ छ । धेरै ठाउँमा छिटपुटदेखि हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।
“काठमाडौं उपत्यकामा भोलि पनि केही वर्षाको सम्भावना छ । तर आजजस्तो धेरै भने छैन,” मौसमविद् झाले भने, “शुक्रबारबाट भने मौसम खुल्दै जानेछ ।”
वाग्मतीसहित कोसी र मधेस प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij