Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

९ लाख जरिवाना गुणस्तरहीन खाना बेचेको आरोपमा

९ लाख जरिवाना गुणस्तरहीन खाना बेचेको आरोपमा

  • काठमाडौं । गुणस्तरहीन खाना बिक्री वितरण गर्ने ३ होटल तथा रेस्टुरेन्टलाई ९ लाख रुपैयाँ जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटल तथा रेस्टुरेन्टलाई जरिवाना गरेको हो ।

    images
    images
    images

    विभागका प्रवक्ता आनन्दराज पोखरेलले ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टलाई कारबाही गरेको जानकारी दिए । उनले नियमित अनुगमनका क्रममा कैफियत भेटिएपछि ठमेलको होटललाई ३ लाख जरिवाना गरेको बताए ।

    यस्तै, सो होटलले रिलेबलिङ गरेको वा गुणस्तरहीन वस्तुको मूल्य हेरफेर गरेको पाइएको थियो । यसक्रममा ९ हजार २०९ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्यवस्तुको नष्ट समेत गरिएको छ । यस्तै, सुन्धराको होटलले समेत रिलेबलिङ गरेको पाइएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij