
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन् ।
२०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका खतिवडाले साढे ७ वर्ष सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् ।
खतिवडाले २०८० साउन २१ गतेबाट सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा उनले न्याय परिषद् सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए । सोही समयमा भएको जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियामा भने उनको आलोचना भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij