
May 03 2025 | २०८२, वैशाख २० गते
महोत्तरी । लगातार चिसो स्याँठ चल्ने र चारैतिर डम्म हुस्सुले ढाकेबीच मैथिल ९मिथिलाका बासिन्दा० तिलासक्रायत पर्व मनाइँदैछ । पछिल्ला चार दिनयता लगातार चिसो स्याँठ बहिरहने र दिनभरि घाम नदेखिएर चारैतिर डम्म हुस्सुले ढाकिएको अवस्था छ । माघे सङ्क्रान्ति पर्वलाई मिथिला क्षेत्रमा तिलासक्रायत र मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।
मिथिलामा हिन्दू परम्पराका सबैजसो जाति समुदायले मनाउने तिलासक्रायत पर्व विशेष परिकारका खानपानका लागि प्रसिद्ध छ । खासमा मिठ्ठा ९सख्खर० को खुँदोमा मिलाएर बनाइने तिल, चिउरा, जुनेला ९अन्नविशेष० र मुरी ९विशेष प्रकारले बनाइएको चामलको भुजा० का लाइ ९लड्डू० विशेष मानिन्छन् । यसैगरी बिहानै मकरस्नान गरेर तिलको झिक्रा बालेर आगो ताप्ने र पुरोहितको हातबाट तिल डढाएर घ्यू दलेर बनाइएको कालोटीका लगाएपछि धार्मिक विधि सम्पन्न हुन्छ । पर्वका दिन मासको दाल, अरुवा चामल र घ्यूको खिचडी खाने आम चलन छ । यसका साथै तरुल, सुठुनीलगायतका कन्दमूल उसिनेर खाने चलन पनि रहि आएको छ । । मगर र तराईका आदिवासी थारूले भने मासुका विभिन्न परिकार बनाएर कुटुम्बजनसहित रमाइलो गरेर खानपिन गर्ने पर्व परम्परा रहेको छ ।
जाडो बढेपछि धार्मिक महत्वका नदी र कुण्डमा स्नान ९नुहाउन० जानेको सङ्ख्या स्वात्तै घटेको छ । चिउरा, जुनेलो र मुरीको लाई बनाइए पनि तिलको भने मनमाफिक बनाउन नसकिएको मिथिलानी ९मिथिलाका नारी, गृहिणी० ले बताएका छन् । खासमा लाइ बनाउन तिल ओखलमा फलेर सुकाउन पर्ने र पछिल्ला चार दिनयता यसरी फलिएको तील लगातारको ओसले नसुकेपछि आवश्यक जति लाइ बनाउन नसकिएको मैथिल गृहिणीको भनाइ छ ।
सूर्य मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण शुरु हुने यस पर्व उल्लास र उमङ्गको हुने मैथिल बताउँछन् । जाडो मौसम भएको हुँदा आँत तताउन खाने परिकारमा मिठ्ठा, घ्यू र तिलको प्रयोगको परम्परा पुर्खाहरुले शुरु गरेको हुनपर्ने बर्दिवास–२ का मैथिल परम्पराका कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ । मिथिलामा माघे सङ्क्रान्ति पर्वका खास परिकार लाइ जाडोभरि खाजाका रूपमा खाने गरिन्छ । घरमा पर्व मनाइएसँगै तिलासक्रायत पर्वको सनेस ९कोशेली० छोरीचेली, मितमितिनी र इष्टजनकहाँ पु¥याउने परम्पराले सिङ्गो माघ महिनाभरि नै मिथिलामा लाइको मौसम रहने गरेको छ । रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij