Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साउदी दूतावासमा सुझाव पेटिकाको सुरुवात

साउदी दूतावासमा सुझाव पेटिकाको सुरुवात

  • काठमाडौं । दूतावास परिसरमा नेपाली श्रमिकलाई मध्यनजर गदै साउदीमा रहेको नेपाली दूतावास रियादले सुझाव पेटिकाको सुरुवात गरेको छ ।

    images
    images
    images

    राजदूत नवराज सुवेदीका अनुसार साउदीमा कार्यरत नेपालीहरूले सुझाव पेटिकामा आफ्ना समस्या तथा सुझाव राख्न खुला गरिएको छ । पाइएका  समस्या तथा सुझावलाई दूतावासले सम्बन्धित कर्मचारी तथा सम्बन्धित निकायसँग छलफल गरी समाधान गर्न सुझाव पेटिका प्रयोगमा ल्याइएको उनको भनाइ छ । 

    दूतावास रियादले साउदीमा कार्यरत नेपालीले हकहितको लागि दूतावासमा कार्यरत कर्मचारीहरूको कार्य विभाजन अनुसारको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij