Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

  • काठमाडौं । प्रहरीको सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन् । बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ ।

    images
    images
    images

    साउँदले आफूलाई नेपाल प्रहरीको प्रहरी सई हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनले आफू सई भएको परिचय दिँदै दैलेख नारायणनगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

    उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij