
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । गौशालाको गेस्ट हाउसमा महिलाको शव भेटियो छ । गौशालाको विजयचोकस्थित एक गेस्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या भएको प्रहरीले आशंका गरेको छ । सिरहा–धनुषा गेस्ट हाउसमा ३५–४० वर्षकी देखिने एक महिलाको शव फेला परेको थियो ।
तर, ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । मृत भेटिएकी महिला बस्ने कोठा सन्दीप लामाको नाममा बुक भएको खुलेपछि महिलाको हत्या भएको आशंका प्रहरीले गरेको हो ।
लामा हाल फरार छन् । प्रहरीका अनुसार शुक्रबारदेखि महिला र सन्दीप कोठामा बसेको खुलेको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij