Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

निर्वाचनको पक्षमा लहर उर्लेको छ : मन्त्री रायमाझी

निर्वाचनको पक्षमा लहर उर्लेको छ : मन्त्री रायमाझी

  • जलेश्वर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गर्नुुभएको छ । रिपोर्टस क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेछ, उहाँहरु खुुशी भएर नयाँ जनादेशमा जानुु पर्नेमा किन अप्ठेरो मानिरहनुुभएको छ भनी प्रश्न गर्नुुभयो ।

    images
    images
    images

    मन्त्री रायमाझीले भन्नुुभयो, “तीन वर्षसम्म सरकारमा बस्ने अनि, आफूू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुु¥याउने १ ढुुङ्गामुुढा र विरोध प्रदर्शन गर्ने, सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ रु देश र प्रणाली कसले बचाउँछ रु”

    निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा  केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुुझेका र विस्तारै  निर्वाचनको पक्षमा मुुलुुकभर जनमतको लहर उर्लिरहेको उहाँले बताउनुुभयो ।
     
    प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नरहेको बताउँदै उहाँले भन्नुुभयो,“केही समयमै सत्य उजागर हुुनेछ, जनताले को हो देशको नायक भन्ने कुुरा बुुभ्mनेछन् ।’’ उहाँले नाकाबन्दी र भूूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका छन् भन्नुभयो ।  

    मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुुनै विचार, राजनीति, योजना, विधि, मापदण्डका आधारमा होइन, पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरोमा पार्ने काम भएको बताउँदै उहाँले भन्नुुभयो, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाल्नुु प¥यो ।”
     
    मन्त्री रायमाझीले सर्वसम्मत् चयन भएको प्रधानमन्त्रीलाई विनाकारण विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अघि बढाउने उद्देश्यले चालिएको कदम गम्भीर त्रुुटी र भूूल रहेको टिप्पणी गर्नुुभयो । एक प्रश्नको जवाफमा उहाँले भन्नुुभयो, “कम्युनिष्ट पार्टीकै  नेतामा नै पनि देखिएको तडकभडक र राज्यको ढुुकुुटी उडाउने जस्ता गलत प्रवृत्तिप्रति आफनो सहमति छैन, आफूूले त्यसप्रति कहिल्यै रुचि राखिन ।”

    परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारतबीचका बैठकमा छलफलका लागि रहने एजेण्डामा भैरहवा–गोरखपुर ४०० केभी प्रसारणलाई पनि रहेको जानकारी दिँदै मन्त्री रायमाझीले भइरहेका संरचनालाई सुधार गर्ने तथा जमीनमुुनि विद्युतीय लाइन बिच्छ्याउने कामलाई प्राथमिकता दिइरहेको बताउनुुभयो ।

    अमेरिकी  मिलिनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट९एमसीसी सम्झौता० कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा प्रमुख राजनीतिक दलबीच छिट्टै निष्कर्षमा पुुग्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

    यसैबीच नेपाली काँग्रेसका नेत्री सुुजाता कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकाल पाँच वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनको पक्षमा आफनो पार्टी नरहेको स्पष्ट पार्नुुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधानको उल्लङ्घन गरी घोषणा भएको निर्वाचनलाई अदालतले  खारेजी गर्दै संसद् पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गर्नुुभयो । नेत्री कोइरालाले भन्नुुभयो, “हामी कुनै हालतमा पनि अहिले चुुनावका पक्षमा छैनौँ, समय अगावै चुुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुुसार संसद् पुनःस्थापना हुनुुपर्छ, विकल्प छैन ।’’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij