Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौं महानगरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भयो

काठमाडौं महानगरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भयो

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । महानगरभित्रका पाँचवटा आधारभूत प्रवर्धन केन्द्रलाई प्रथम सेवा बिन्दु तोकेर स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

    images
    images
    images

    महानगरवासीलाई माघ ८ गतेदेखि नै बिमा गराउन थालिएको स्वास्थ्य विभागका बिमा फोकल पर्सन कमलप्रसाद भट्टराईले जानकारी दिए । तर, बिमा कार्यक्रमको नियमअनुसार बिमितले जेठ १ गतेदेखि मात्रै सेवा पाउने छन् ।

    महानगरका वडा नम्बर ८, १३, १४, १९ र ३० मा रहेका प्रवर्धन केन्द्रबाट सेवा प्रवाह गर्ने तयारी भएको भट्टराईले बताए ।

    स्वास्थ्य बिमा कार्यक्रम अब काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मात्रै लागु हुन बाँकी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij