
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली कांग्रसले आज ७८औं स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको दिनलाई आधार मान्दै कांग्रेसले प्रत्येक वर्ष स्थापना दिवस मनाउने गरेको छ ।
यही क्रम अन्तर्गत आज ७८ औं स्थापना दिवसको अवसरमा “श्रद्धा, संकल्प र सम्मान” कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा हुँँदैछ । कार्यक्रमलाई दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । केन्द्रबाहेक सात प्रदेश र जिल्ला कार्यसमितिले पनि स्थापना दिवसको कार्यक्रम गर्दैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij