
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन । पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङ सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij