Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जेलभित्र शान्त छन् बम्जन

जेलभित्र शान्त छन् बम्जन

  • काठमाडौं । बाल यौन शोषणसहितका अभियोग लागेका रामबहादुर बम्जनले आफु जेलभित्र अभ्यस्त हुन थालेको बताएका छन् । महोत्तरीको जलेश्वर कारागारमा योग ध्यान सुरु गरेसँगै उनले जेलभित्रै एडजस्ट हुन लागेको प्रतिक्रिया दिएका हुन् ।

    images
    images
    images

    कारागार प्रशासनका अनुसार उनले बिहान बेलुका आफू सुत्ने बिछ्यौनामा योग र ध्यानलाई जारी राखेका छन् । जेल प्रशासनले अन्य कैदीबन्दीकै कोठामा बम्जनलाई सुत्ने ओछ्यान भने अलग्गै व्यवस्था गरि दिएको छ ।

    अन्य कैदीबन्दीसँग सामान्य कुराकानी गर्छन् । जेलभित्र उनी शान्त देखिन्छन् । बिहानको खानेकुरा भने उनलाई आफन्तले लगिदिने गरेका छन् । साँझ भने मेसमै पाकेको सात्विक भोजन लिने गरेका छन् । उनकालागि बेसार, लसुन, प्याँज नराखिएको खाना जेल भित्रै पाक्ने गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij