Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगियो

घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगियो

  • ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ ।

    images
    images
    images
    जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए ।

    एसएसपी अधिकारीका अनुसार मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको छ ।

    images

    त्यस अवधिभर जिल्ला प्रहरीको हाताभित्रै बसेका चालक चौधरीलाई पनि प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको अधिकारीले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij