
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । कुमारी बैंकले साधारण सभा २८ माघमा बोलाएको छ । बैंक सञ्चालक समितिको बैंठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । बैंकले यो वर्ष सभामा लाभांश वितरण नगर्ने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभा प्रयोजनार्थ बैंकले ९ माघमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, ५ माघसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij