
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पुस २० गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij