
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । साउदी अरब जान भनी पाल्पाबाट काठमाडौँ पुगेका एक युवक सम्पर्कविहीन हुनुभएको छ । पूर्वखोला गाउँपालिका–१ माझकोटका २३ वर्षीय युवक विक्रम पङ्गेनी एक सातादेखि सम्पर्कविहीन हुनुभएको हो ।
आठ दिनदेखि छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमा सहयोग गरिदिन विक्रमका बुवा जगन्नाथ पङ्गेनीले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब पुग्नुभएका विक्रम ४५ दिनको बिदामा घरमा आएर पुन साउदी जान भन्दै गत पुस ३ गते काठमाडौँ जानुभएको थियो । काठमाडौँ पुगेपछि ६ गतेको फ्लाइटमा नगई विक्रम सम्पर्कविहीन भएको परिवारको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij