
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भक्तपुरको एक डेरीलाई दुग्धजन्य पदार्थ रिलेबलिङ गरि बेचेको आरोपमा तीन लाख जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार उक्त डेरीलाई उत्पादित वस्तुको गुणस्तर, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरेको आरोपमा जरिवाना तिराएको हो ।
अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा लेबलिङ गर्नुपर्नेमा लेबलिङमा हेरफेर गरि ग्राहकलाई ठगी गर्न लागेको भन्दै जरिवाना तिराइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij