
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । लुम्बिनी विकास बैंकको ३७ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको हो । सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
इच्छुक १५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको डिल्लीबजारस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij