Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

  • काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । उक्त मुद्दा न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।

    images
    images
    images

    यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले दश दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो । उक्त विवादमा अदालतले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरी यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले टिकटक प्रतिबन्धको विरोधमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । गत कात्तिक २७ गते  सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij