काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले पार्टीको महाधिवेशन सार्ने लगायत विषयमा आवश्यक निर्णय गर्नेछ ।
सोमबार बसेको सचिवालय बैठकमा महाधिवेशन सार्ने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन् । जाजरकोट भूकम्पका कारण तयारी गर्न नपाएको र राष्ट्रिय सभा चुनाव समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ थियो ।
माघ १४ देखि १८ सम्म एकीकृत समाजवादीले महाधिवेशन गर्ने तय गरेको थियो । साथै सोमबारको बैठकले राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको थियो ।