
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
राहत र पुर्ननिर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको मन्त्रालयका सहसचिव रघुराम विष्टले जनाएका छन् । मन्त्री ज्वालाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै परिषद्को बैठक बोलाएका थिए ।
यसअघि ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने नै घोषणा गरिसकेका छन् । मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij