Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

उन्नति सहकार्य लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत

  • काठमाडौँ । उन्नति सहकार्य लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत भएको छ । लघुवित्तले कार्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन अन्तर्गत १ करोड ७८ लाख ४५ हजार एक सय १८ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो ।

    images
    images
    images

    नेप्सेमा सोही एफपिओको १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर सुचीकृत भएको हो । एफपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ३३ लाख ८२ हजार सात सय ८४ रुपैयाँ पुगेको छ ।

    एफपिओ अघि लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij