
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी मङ्सिर १८ गते महासचिव घनश्याम भुसालले बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान भएको सूचना सचिवालय सदस्यहरूलाई पठाएका छन् ।
बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ । अध्यक्ष माधवकुमार नेपालले आगामी माघमा राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै महाधिवेशन सार्ने सम्भावना रहेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij