
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । मिर्मिरे लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत भएको छ । थप सार्वजनिक निष्काशन अन्तर्गत लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । नेप्सेमा सोही एफपिओको १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ कित्ता सेयर सुचीकृत भएको हो ।
एफपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ३३ लाख ८२ हजार सात सय ८४ रुपैयाँ पुगेको जनाइएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij