
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानले आज गौशालामा कार्यक्रम गर्ने भएको छ । आज पौने १२ बजे गौशालामा हुने कार्यक्रममा साधुसन्त तथ पण्डितहरूको ऐक्यबद्धता रहेको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् ।
यही मंसिर ७ गतेबाट उनले काठमाडौँमा सुरु भएको प्रदर्शन अब देशको मुख्य राजधानी काठमाडौँसहित जिल्ला केन्द्रित हुने जानकारी दिए । विभिन्न जिल्लाबाट काठमाडौँ आएका समर्थकहरूलाई आआफ्नै जिल्ला फर्काएर जिल्लामै आन्दोलनको तयारी भइरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij